पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।
मङ्गलवार बिहान घरमै बसिरहेको उनलाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कलंकीस्थित नेसनल अस्पतालमा पुर्याइएको थियो। उपचाररत मरासिनीको उपचारका क्रममा बिहान १० बजेतिर मृत्यु भएको अस्पतालले बताएको छ ।
न्यायाधीश मरासिनी २ दिन अघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए। उनी गत पुस १८ गते उच्च अदालतमा नियुक्त भएका थिए ।
पुस १८ मा नियुक्त भएका उनको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो। त्यसबिच ओरियन्टेसन कक्षा सकेर मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका हुन् ।