काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । पाण्डेको पक्षमा ३१ सांसदले मत दिएकाले पाण्डेले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका थिए । पाण्डेको विपक्षमा एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले मत हालेका थिए ।
माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटले पाण्डेको पक्षमा मतदान गरेसँगै पाण्डेले बहुमत पाएका हुन् ।
यस्तै पाण्डेलाई राप्रपाका २ र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)ले पनि विश्वासको मत दिए ।