काठमाडौँ । वर्तमान सत्ता समिकरण विघटनको र नयाँ समिकरणको खबरलाई शेयर बजारले हरियो झण्डा देखाएको छ ।
सत्ता समीकरण परिवर्तन गरेर कांग्रेस एमाले समिकरणको नयाँ सरकार गठन हुने भएसँगै सेयर बजारमा सकारात्मक लगातार दोस्रो पटक सर्किट ब्रेक लागेको छ ।
पहिलो सर्किटपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार पुन: ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
कारोबार सुरु भएको १ मिनेटमै सेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियाे। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेका कारण अहिले २० मिनेटका लागि पहिलो सर्किट ब्रेक लागेर कारोबार रोकिएको थियाे।