संविधान दिवसका दिन राष्ट्रपतिले कैद सजाय मिनाहा दिएका रिगल भनिने योगराज ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार मात्र निर्णय सुनाउने भएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेका अनुसार कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको हो ।
पति चेतन मानन्धरको हत्यारालाई राष्ट्रपतिले कैद मिनाहा गरेको र राष्ट्रपतिले गरेको निर्णय खारेजीको माग गर्दै मृतक चेतन मानन्धरकी श्रीमति भारती मानन्धरले सर्वोच्च अदालतमा रिट गरेकी थिइन् ।
उनले दायर गरेको रिटउपर मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।