छाउगोठ घटनाबारे १ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छः गृहमन्त्री लामिछाने

सिधाकुरा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।  

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनल पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए । 

यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । 

“सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।” उनले मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए । 

“छाउपडी प्रथा गरिबी, विभेद, विकटतालगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको विषय भएको र यसको नियन्त्रणका लागि सरकारले छाउपडी प्रथाका अभ्यासलाई अपराधीकरण गरी दण्डनीय बनाएको भए तापनि कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने अवस्था रहेको हुँदा समुदायलाई साथ लिई स्थानीय प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक सङ्घ, संस्थाहरु र आमसञ्चारमाध्यमलगायतको बहुपक्षीय प्रयास आवश्यक देखिएको छ”, उनले भने । 

उपप्रधानमन्त्री लामिछानेले महिला तथा बालबालिकाविरुद्ध हुने कुनै पनि हिंसा वा अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशील रहेको बताए । यस घटनाको संवेदनशीलतालाई मध्यनजर गरी मन्त्रालयले स्थानीय प्रशासनबाट भए÷गरेका कार्यहरुको दैनिक प्रतिवेदन लिने तथा नियमित सुपरीवेक्षण गरिरहेको जानकारी दिए । 

प्रस्तुत घटनामा, सूचना प्राप्त हुने बित्तिकै बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको रोहवरमा पीडितलाई उद्धार गरी उपचार र परामर्शको व्यवस्था मिलाएको उहाँको भनाइ थियो । घटनामा संलग्न व्यक्तिको पहिचान गरी मिति यही असार ४ गते बेलुका ४ बजे निजलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । घटनाको गाम्भीर्यतालाई ध्यानमा राखी सुदूरपश्चिम प्रहरी कार्यालयबाट अनुसन्धानमा सहयोग गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको र सो टोलीले प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइसकेको उनले बताए । उनले हाल उक्त घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानलाई पूर्णता दिई चाँडै  अदालतमा मुद्दा दायर हुने जानकारी गराए । 

अनुसन्धानका क्रममा यही असार ४ गते बिहान २ बजेको समयमा बालिकामाथि जबर्जस्ती करणी भएको, पीडितको बुबा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र आमाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र पीडक नातामा मामा रहेको र पीडक १३ वर्ष चार महिनाको नाबालक भएको खुल्न आएको छ । पीडित हाल मङ्गलसेन अस्पतालमा उपचाररत रहेको, निजको स्वास्थ्य अवस्था सामान्य रहेको र यही जेठ ९ गते जिल्ला अदालत अछामबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

“भविष्यमा यस प्रकारका घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास रहेका जिल्ला तथा क्षेत्रमा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने र बहुपक्षीय समन्वयमा निरोधात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाई अनुसन्धान कार्यलाई तदारुकताका साथ सम्पन्न गरिने छ”, उनले भने ।  

संलग्न दोषीहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न स्पष्ट निर्देशन भएको र सो अनुसार प्रहरी तथा प्रशासनले काम गरिरहेको उनले सदनलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....