काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोमबार उनीहरुलाइ पक्राउ गरेको हो । देउराली सहकारीका सञ्चालक रविन्द्र चाैलागाइकाे कम्पनीमा धिताे नखाम्ने ऋण प्रवाह गर्नुमा उनीहरुको संलग्नता देखिएको सीआईबीको दाबी छ ।
श्रेष्ठसहित तत्कालिन बैंकका सञ्चालक समिति सदस्यहरु सुनिलकुमार न्यौपाने,गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल पनि पकाउ परेका छन् । उनीहरुममाथि थप अनुसन्धान भइरहकाे सिआइबीका प्रवक्त्रा हाेमिन्द्र बाेगटीले जानकारी दिए ।