एचआईभी संक्रमित ५ वर्षीय बालिकालाई भर्ना भएको १६ दिनमै विद्यालय छोड्न बाध्य बनाइयो

सिधाकुरा

निरज अधिकारी । मध्यनेपाल,लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको एक विद्यालयमा एचआईभी संक्रमित भएको खुलेपछि ५ वर्षकी बालिकामाथि सामाजिक दुर्व्यवहार भएको छ । 

मध्यनेपाल नगरपालिका (४ दुईपिप्ले स्थित भैरवकाली माध्यमिक विद्यालयमा वैशाख ६ मा भर्ना भएकी एक विद्यार्थी एचआईभी संक्रमित भएको भन्दै हल्ला भएपछि वैशाख २२ गते नै विद्यालयबाट निष्कासित भएकी हुन् । 

अभिभावकले स्थानीय बाल विकासमा पढाउँदै आएका एक बालिकालाई ५ वर्ष पुगेपछि भैरवकालीको एलकेजीमा भर्ना गरेका थिए । तर, उनी एचआईभी संक्रमित भएको खुलेपछि विद्यालयका र अन्य अभिभावकका कारण १६ दिनमै विद्यालय छोड्न बाध्य बनाइएकी हुन् । 

‘भर्ना भएर हाम्रो बच्चा विद्यालय गइरहेकी थिइन् । एक्कासी एकदिन बच्चा पुर्याउन आउने जाने अन्य अभिभावकले यो बच्चा त एचआईभी संक्रमित हो, भनेर हल्ला गरिदिएछन्,’ बाबुले सिधाकुरासँग भने,‘सो पश्चात भोलिपल्ट ४, ५ जना विद्यार्थी गयल भए रे । २, ३ दिन हुँदा समेत विद्यार्थी सो कक्षामा गयल भएछन् । विद्यालयले मलाई बोलाएर भन्यो, कक्षामा विद्यार्थी शून्य भयो भने, कस्ले व्यहोर्छ ?’ 

बिद्यालयले बालिकाका स्थानान्तरण गराउने उद्येश्यका साथ दवाव मुलक प्रश्न सोधेर केरकार गरेको बिद्यार्थीका बाबुले आरोप लगाए । 

उनकाअनुसार लगत्तै आफुले एचआईभी एड्स सम्बन्धी काम गर्ने विभिन्न संघ, संस्था र व्यक्तिलाई फोन गरी कुरा राख्दा समेत केहि सहयोग नहुने अवस्था आएपछि अन्यत्रै बसाइँ सरेका छन् ।  

‘छोरीलाई जसरी पनि पढाउने अठोटले अहिले अर्कै जिल्लाको सदरमुकाममा बसाई सरेको छु,’ बाबुले थपे,‘ म, श्रीमती र छोरीमा संक्रमण छ परिवारका अन्य सदस्यलाई यस्तो संक्रमण छैन ।’

आर्थिक अवस्था न्यून परिवार दुईपिप्लेमा आफ्नै घर भएपनि यस घटनापश्चात भाडाको घरमा छिमेकी जिल्लाको सदरमुकाममा कोठा भाडामा लिएर बस्न बाध्य भएको बालिकाको बुबा बताउँछन् । 

‘यता छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापीकलम लगायतका सामाग्रीमा खर्च गरियो । अहिले विद्यालय नै सार्नुपर्ने र घर नै छाडेर परिवार नै डेरामा बस्नुपर्ने भएपछि झन खर्चको भार थुप्रेको छ ।’

यता भैरवकाली माविका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले विद्यार्थीका अभिभावकले आफ्नै हिसाबले अन्यत्र लगेको तर, विद्यालयले निष्कासन नगरेको दाबी गरे । 

‘काउन्सेलिङका कार्यहरू पनि हुँदै आएका छन् । तर, यो विषयमा साना बच्चाहरू झैझगडा गर्ने, रक्तपात हुने अवस्था आए के होला भन्ने अभिभावकहरूको शंका र स्वीकार गर्न गाह्रो हुने अवस्था सृजना भएपछि यस्तो भएको हो,’ प्रअ लम्सालले भने । 

सो संक्रमित बालिकालाई रम्घा भ्याली बोर्डिङ स्कुलले पनि अघिल्लो बर्ष यस्तै समस्या देखाएकै कारण बोर्डिङबाट निकाल्न बाध्य बनाएको अभिभावकको दुखेसो छ ।

सो विद्यालयका व्यवस्थापन समितिका पदेन सदस्य एमव् वडाअध्यक्ष रामबहादुर श्रेष्ठले भने बालिकालाई निस्कासन नगरिएको दाबी गरे । सिधाकुरासँग कुरा गर्दै उनले संक्रमित बालिकाका विषयमा समाजमै हल्ला फैलिएपछि कक्षाका अन्य विद्यार्थीका अभिभावकहरू चिन्तित भएको श्रेष्ठले बताए । आफ्नो बच्चाको चिन्ता गर्दै स्कुल पठाउनै छाडे, विद्यालयले उनीहरूलाई सम्झाई बुझाई गरेर सुरक्षित रुपमा कक्षा सञ्चालन गर्ने प्रयास गरेको थियो,’ वडा अध्यक्ष श्रेष्ठले भने,‘विवादकै बीच बालिकाका परिवारले गाउँ छोडेर अन्यत्रै गए ।’

विद्यालयले जनचेतना फैलाएर सुरक्षित तरिकाबाट कक्षा सञ्चालनका लागि पहल गरिरहेको भन्दै कक्षा छोड्न बाध्य नपारिएको दाबी गरे ।   

यस विषयमा मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्य पौडेलले विद्यालयले यो किसिमको गतिविधि गर्नै नपाउने बताए । उनले भने, ‘यस विषयमा पटक(पटक विद्यालयलाई निर्देशन समेत गरेको हो । छलफल गर्छु भन्दै टार्ने काम मात्र भएको छ । बरु यस किसिमका बालबालिकालाई अध्ययन गर्न सहज वातावरण बनाउन पर्नेमा अन्त लैजा खर्च दिन्छु भन्नु विद्यालयको गलत कदम हो । विद्यार्थीको अधिकार मास्न मिल्दैन् ।’

नगरपालिका भित्र अन्य पनि यस्ता बालबालिका तथा बिरामीहरू रहेको भन्दै उनले उनीहरूलाई सहयोग गर्नुपर्ने ठाउँमा यो किसिमको हर्कत गर्नु विद्यालयको गलत कदम रहेकाले यो विषयमा नगरपालिका गम्भिर रहेको बताए । 

०७५ सालमा जारी मुलुकी अपराध संहितामा एचआईभी सार्ने विरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....