काठमाडाैँ : क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
उनीविरुद्धको मुद्धाको पेसी बिहिबारका लागि तोकिएको भएपनि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अभावका कारण स्थगित भएको हो।
जिल्ला अदालतका ३० फाँटमध्ये बिहिबार ९ जना न्यायाधीश अनुपस्थित रहेकाले २१ वटा फाँटमात्रै इजलास बस्ने भएको हो ।
गोला प्रथाबाट इजलास तोकिने जिल्ला अदालतमा उपस्थित न्यायाधीशले गोला तान्दा कसैको पनि इजलासमा उक्त मुद्दा नपरेका कारण उक्त मुद्दाको सुनुवाई स्थगित भएको हो ।
यसअघि असोज १ र असोज ७ मा गरी एक महिनामा मात्र उनीविरुद्धको मुद्दाको २ पटक पेशी चढेपनि स्थगित भएकाे थियाे ।
सर्वोच्च अदालतले गत फागुन १५ मा सन्दीपविरुद्धको मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको ७ महिना पूरा भइसक्दा पनि जिल्ला अदालत काठमाडौँले अनेक कारण देखाउँदै उनीविरुद्धको मुद्दाको फैसला सुनाउन सकेको छैन ।
सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।