३० भदौ, काठमाडौं । ६० किलो सुन तस्करीका व्यवस्थापक दावी गरिएका दावा छिरिङले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग आफ्नो डिल भएको स्वीकार गरेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीमा भएको साविति बयानमा दावाले भिमकान्तले चाइनाबाट आयात हुने इलेक्ट्रिक गाडीको नेपाल एजेन्ट बन्न सहयोग मागेको बयान दिएका छन् ।
दावाको बयानको सवाल नम्बर ५७ मा उनलाई भिमकान्तसँग वी–च्याटमा आर्थिक कारोबार सम्बन्धी कुराकानी भएको सम्बन्धमा सोधिएको छ ।
यस्तो छ दावालाई भिमकान्तका बारेमा सोधिएको सवाल :
सवाल ५७ : तपाई र भिमकान्त भन्डारी (९८५१२...४) बीच we chat मा आर्थिक कारोबार सम्बन्धी कुराकानी भएको देखिएको हुँदा तपाईहरु बिच के कस्तो आर्थिक कारोबार रहेको थियो ? खुलाउनुहोस् ।
दावाको जवाफ यस्तो छ :
जवाफ ५७ : भिमकान्त भन्डारी (९८५१२...४) ले चाईनाबाट आयात हुने ईलेक्ट्रीक गाडीहरुको नेपालको लागि एजेन्ट बन्न सहयोग गरिदिनको लागि चाईनाको कम्पनीसँग कुरा गरिदिनु भनेको हुँदा सोही विषयमा कुराकानी भएको हो ।
बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारी र दावाको बयान बाझिएको छ । सिधाकुराले दावा र भिमकान्तको संवाद खुलासा गरेको थियो । उक्त संवादमा दावाले एक पटकमा एक मिलियन डलर सिंगापुरको बैकमा जम्मा गरिदिए नेपाल दिन सक्छाै भनेर सोधेका थिए । त्यसपछि भिमकान्तले फोनमा नै कुरा गरेका थिए । तर सिधाकुरासँगकाे कुराकानीमा भिमकान्तले ३ वर्ष अघि कोरोना महामारीकाे समयमा मेडिकल सामान खरिदका सन्दर्भमा कुराकानी भएको दाबी गरेका थिए ।
सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
तर दावाले भने चिनियाँ गाडी खरिदको बिषयमा कुराकानी भएको बयान दिएका छन् । दावाको फोनको फरेन्सिक रिपोर्टबाट भने प्राप्त संवाद अनुसार दुबैले सत्य कुरा लुकाएको प्रष्ट हुन्छ ।
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’