बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा सरकारी नम्बर रा १ ज २०० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । जीपमा रुकुम पुर्वतको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षभूपेन्द्रा बुढामगर सहित पालिकाका कर्मचारी ४ जना सवार रहेको प्रहरीले जनाएको छ।
घाइेत एकजनालाई उद्धार गरि धौलागिरी अस्पतालमा पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।