जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगी चार लाख घुस सहित पक्राउ परेका छन् । घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।
वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहले सहयोगी विजय मण्डल मार्फत घुस लिएको आरोपमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमख रामबहादुर कुरुम्वाङले जनाए । वडाध्यक्ष सहनी एमालेबाट निर्वाचित भएका हुन् ।