काठमाडौं । सहकारी ठगी छानबिन विषेश समितिले तयार पारेको प्रतिवेदनमा सबै सदस्यले हस्ताक्ष गरेका छन् । सोमबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्मितरुप दिएर सातै जना सदस्यले हस्ताक्षर गरेको समितिको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अब संसदमा पेश गरिने छ ।
समितिका सभापति शूूर्यथापाका अनुसार समितिले प्राप्त टिओआर अनुसार छानबिन गरि सहकारी समस्या समाधानको खाका सहित प्रतिवेदन तयार गरेको छ । संसदमा आवश्यक छलफलपछि सार्वजनिक गर्ने तथा कार्यान्वयन गर्ने चरणमा जाने छ ।
संसदीय छानबिन विशेष समितिको निष्कर्ष 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन'