काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार योजनाबद्ध भएको खुलेको छ । शनिबार पोखरामा आयोजित खुल्ला सभामा लामिछाने माथि खोया प्रहार भएको थियो ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाट योजनाबद्ध ढंगबाट कार्यक्रम स्थल पुगेको पाइएको छ ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार अहिलेसम्म रानाभाटको पृष्ठभूमि खुलेको छैन । तर हालसम्मकाे अनुसन्धानमा उनी कुनै पनि सहकारीका पीडित हाेइनन् । उनका साथमा परिचय खुल्ने कुनै पनि कागजपत्र, मोवाइल लगायतका साधन नभएको प्रहरीले जनाएको छ । एसपी थापाका अनुसार उनी कुनै पनि सहकारीका पीडित सदस्य भएको देखिएको छैन ।
कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव
आक्रमण लगत्तै पक्राउ पर्ने र परिचय खुल्ने डरले उनले कुनै पनि परिचय खुल्ने साधन नबोकेको प्रहरीको आशंका छ । रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र तथा साधन नहुनु र उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको हुन सक्ने रास्वपा कास्कीका नेता उत्तम पाैडेलले बताए । "रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र भेटिएन । उनको पृष्ठभूमि हेर्दा रानाभाटलाई कसैले नियोजितरुपमा आक्रमणमा खटाएको हुनसक्ने देखिन्छ । "
उता लमजुङको राइनास नगरपालिका ८ का वडाअध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट पारिवारिकरुपमा एक्लो र आर्थिकरुपमा विपन्न हुन् । पालिकाको पिपलटारी भाटगाउँमा जन्मिएका रानाभाट सानै उमेरमा बुबा गुमाएका थिए भने आमाले अर्को विहे गरेकी थिइन् ।
पारिवारिक विछोडपछि गाउँ छोडेका रानाभाट डेढ वर्षअघि गाउँ आएका थिए । वडाअध्यक्ष कृष्णबहादुरका अनुसार गाउँमा श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनी गाउँ फर्कीएका छैनन् ।
गाउँमा सम्पत्तीका नाममा थोरै पाखोबारी मात्रै भएका रानाभाट पोखरातिर अटो चलाउने आफूले सुनेको वडा अध्यक्ष कृष्णबहादुरको भनाई छ ।
सामान्य पढलेख गर्न मात्रै जानेका उनले राजनीतिक लाभ वा रास्वपा सभापति लामिछानेका विषयलाई लिएर सार्वजनिक मञ्चमै आक्रमण गर्न सक्ने अवस्थाका उनी नभएको वडा अध्यक्ष कृष्णबहादुर बताउँछन् ।
'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि लामिछाने
वडा अध्यक्षका अनुसार उनि राजनीति बारे चासो राख्ने व्यक्तिनै होइनन् ।