नेभिगेशन
सबै कुरा

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर राष्ट्रिय दैनिकलाई निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिबार पोखरामा आयोजित खुल्ला सभामा आफूमा खोया प्रहार भएको विषयमा प्रकाशित समाचार भ्रामक भएको लामिछानेले बताएका छन् । शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले घटना बारे प्रष्ट्याएका हुन् ।

उनका अनुसार कार्यक्रममा सहकारीका बारेमा बोल्नु अगावै उनी माथि एक युवकले खोया प्रहार गरेका थिए । कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार खोया प्रहार गर्ने व्यक्ति बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । र उनको पृष्ठभूमि खुलाएको छैन । तर कान्तिपुर दैनिकको अनलाई संस्करण ईकान्तिपुरमा भने सहकारीका विषयमा आफू बोलेपछि खोया प्रहार भएको दाबी गरिएको लामिछानेले फेसबुकमा लेखेका छन् ।


आफू विरुद्ध नियोजितरूपमा कान्तिपुरले समाचार प्रकाशन गरेको भन्दै पार्टी सभापति लामिछानेले प्रहरीसँग सत्यतथ्य बुझ्न कान्तिपुरलाई आग्रह गरेका छन् । लामिछानेले लेखेका छन् "वाह कान्तिपुर दामी खेल , गज्जब याेजना !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। दामी खेल कान्तिपुर।"


यस्तो छ लामिछानेले फेसबुकमा राखेको स्टाटसः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।