नेभिगेशन
सबै कुरा

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई खोया प्रहार गर्नेलाई फूल दिएर घर पठाउन प्रहरीलाई आग्रह गरेका छन् ।

पोखरास्थित अमरसिंहचोकमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

खोया प्रहार भएपछि सभापति लामिछानेले जनताका समस्या समाधान नभएको आक्रोश भएको भन्दै प्रहार गर्ने व्यक्तिलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

साथै उनको समस्या सुन्न घरमै पुग्ने समेत घोषणा गरेका छन् । खोया प्रहार भएपछि केही भावुक भएका लामिछानेले जनताबाट आएको चुनौती सम्झेर खोयालाई घरमा सजाएर राख्ने बताए ।

उनले भने ‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’ जति सुकै प्रहार भएपनि आफू कालोसिसामा लुकेर हिड्ने नेता नभएको भन्दै लामिछानेले छाति ठुलो पारेर चोक गल्लीमा हिड्ने नेता भएको बताए ।

यस्ता आक्रमणहरू आफूले अन्दाज गरेकै भएकाले आफ्नो इरादा नबदलिने घोषणा गरे । उनले भने 'म तयार छु, कसैले हिलो फ्याँकोस्, कसैले ढुंगा हानोस् मेरो इरादा बदलिने छैन, किनकी मैलै आशा गरेको, अपेक्षा गरेका र अन्दाज गरेका आक्रमणहरू हुन्, म तयार छु पार्टी तयार छ' ।

लामिछानेले आफूलाई आक्रमण गर्नेका लागि भन्दै भाषणकै क्रमण एउटा फूल दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

भण्डारीका अनुसार जबजले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट...
घुस लिएका मन्त्रीहरुलाई बर्खास्त गर्न कांग्रेस नेता प्रकास स्नेहीको माग

घुस लिएका मन्त्रीहरुलाई बर्खास्त गर्न कांग्रेस नेता प्रकास स्नेहीको माग

स्नेहीले घुस डिलको वार्तालापनै बाहिरिएपछि मन्त्रीहरुले राजिनामा दिनु पर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गरी छानबिन गर्न माग गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
वाम एकाताका लागि विद्या भण्डारी राजनीतिमा फर्कीनु सकारात्मक : झलनाथ खनाल

वाम एकाताका लागि विद्या भण्डारी राजनीतिमा फर्कीनु सकारात्मक : झलनाथ खनाल

उनले रवि लामिछाने राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे ।