काठमाडाैँ । वैवाहिक बलात्कारको आरोप लागेको न्यायाधीश भुवन गिरीले आत्मसमर्पण गरेका छन् । गत चैत २१ मा सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएसँगै उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुुन् । उनलाई अदालतले डिल्लीबजार कारागार पठाएको छ ।
धरौटीमा छाड्ने जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले चैत २१ मा गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।
गिरीकी पत्नीले आफूूमाथि बलत्कार भएको भन्दै गिरीविरुद्ध जोहेरी दिएकी थिइन् ।सूरु देखिनै जोहरी दर्ता नगरेको, पक्राउ नगरेको भन्दै आन्दोलन गर्दै आएकी गिरीकी पत्नीले पक्राउ पछी धरोटीमा छाड्ने अदालतको आदेशमा पनि असहमती जनाउँदै आन्दोलन गरिरहेकी थिइन् । न्यायाधीश गिरी निलम्बनमा थिए ।