पर्सा । सिधाकुरामा प्रकाशित समाचारको विषयमा सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिएको विषयमा आफ्ना शुभचिन्तकले गल्ती गरेको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले स्विकार गरेका छन् ।
अाईतबार पत्रकार सम्मेलनको अायोजना गर्दै उनले आफ्ना शुभचिन्तकले कुनैपनि पत्रकार धम्की नदिन र तत्काल सच्याउन लगाएको बताए ।
साथै उनले अदालतबाट आफूले सवाई पाए पनि सिधाकुराले अभियुक्त भनेका कारण दुखी भएको गुनासो गरे । उनले अदालतले आफूलाई सफाई दिएको दाबी पनि गरे ।
तरऽ जिल्ला अदालत पर्साले उनी जोडिएको कसुरमा सजाय निर्धारणका लागि आजका लागि पेशी तोकेको छ। पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उधोग डाँका चोरी र आपराधिक उपद्रवको मुद्दा नम्बर ०७९– सी१ – ०२१३ को मुद्दामा पुस २१ गते सजाय निर्धारण हुने उल्लेख छ ।
साथै अदालतले सजाय निर्धारणका लागि बल्ल आज मात्रै पेशी तोकेको छ भन्ने प्रश्न उनले अदालतको अपडेट नगरेको होला भन्ने जवाफ दिए । यो समाचार तयार पार्दासम्म पनि अदालतले सजाय निर्धारण गरिसकेको छैन ।
साथै उनले आफूले १ लाख ५० हजार धरौटि तिरेको स्वीकार गर्दै अदालतले आफूलाई छोटकरी विवरण उपलब्ध गराएको बताएका थिए । उनले सार्वजनिक गरेको छोटकरी विवरणमा प्रमोद जैसवालको हकमा ठोस प्रमाणबाट पुष्टी हुन सकेको नदेखिदाँ अपराधिक उपद्रव गरेको स्थापित नभएकाले दावी सफाई पाउने ठहर्छ भन्ने उल्लेख गरेका छ।
सम्बन्धीत समाचार :
आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास
सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की
सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग
पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'