काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ ।
प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्यांक प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुझाएको हो । बक्यौता रहेका सबै उद्योगको विवरण समितिमा बुझाएको प्राधिकरणले जनाएको छ ।
उद्योगमा विद्युत प्रयोग गरेको तर बक्यौता बुझाउने समयमा उद्योगीहरु आफूहरुले विद्युत प्रयोग नगरेको र प्राधिकरणले आफूखुसी बिल काटेको भन्दै विरोधमा उत्रिएपछि प्राधिकरणले टीओडी मिटरको बिल लेखा समितिलाई बुझाएको हो ।