२२ भदौ, विराटनगर - शुक्रबार हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।
बिहिबार सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमालेका हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुरुप प्रदेश प्रमुखको कार्यालय कार्कीको शपथको तयारी गरेको हो ।
मुख्यमन्त्रीको शपथसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । एमालेका तर्फबाट तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको हो ।