जनकपुरधाम : जनकपुर उच्च अदालतले आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका उनका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई साधारण तारेखमा छोडेको छ ।
उच्च अदालतका मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले बिहिबार उनीहरुलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
जेठ ७ गते श्रीमानकै घरमा मृत फेला परेकी आरती साहको हत्या भएको भन्दै माइतिपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।
आरती शाहको घटना हत्या नभई आत्महत्या जस्तो देखिएकाले उनीहरुलाई साधारण तारेखमा छोडिएको अदालतले बताएको छ ।