काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ ।
रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार बैठकमा पार्टीको लेबी तथा सदस्यता शुल्क, कार्यालय सञ्चालनका विषयमा छलफल हुदै छ ।
गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका विषय छलफल गर्न बनेको कार्यदलका विषयमा पनि छलफल हुने बताइएको छ ।