काठमाडौँ । सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
विश्व वातावरण सुविधा ९जीइएफ० बाट विश्व वन्यजन्तु कोषमार्फत ९० लाख २४ हजार ३१२ अमेरिकी डलर ( एक अर्ब २० करोड रुपैयाँ नेपाली ) अनुदान नेपाललाई दिने प्रस्ताव भएको थियो ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्मा पुगेको सो अनुदान प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकार गर्ने निर्णय गरेको हो ।