काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरेको छ । सोमबार दिउँसो उद्धार सम्बन्धी बिभिन्न निकायसँगको सहभागितामा उक्त अभ्यास गरेको हो ।
अन्तराष्ट्रिय मापदण्ड तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आपतकालिन योजना २०२२ मा भएको व्यवस्था अनुरूप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्णस्तरको आपतकालीन उद्दार अभ्यास (Full Scale Emergency Exercise) कार्यक्रम गरिएकाे हाे।