नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएका छन् ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा नेपाल प्रहरीले निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।
सशस्त्र प्रहरीले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने छ । सशस्त्रले सञ्चालन गर्ने बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।
प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।