EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’

युवराज कँडेल

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिएका छन् । सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका हुन् ।

प्रहरीको केन्द्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचकाे कुराकानी फेला परेका हुन् ।

२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुरालाई प्राप्त विवरणमा उल्लेख छ ।


नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

फरार अपराधीसँग धीरजको संवाद

२०७९ साउन ११ मा सिधाकुरा टिमले ठमेलको भियाना होटलमा दावा छिरिङको समूहले चलाएको कल सेन्टरमा ‘स्टीङ अपरेसन’ गरेका थियो । 

हाम्रो स्टीङ अपरेशनपछि होटल भियनाबाट ४ जना चिनियाँ पक्राउ परेका थिए । त्यतिबेला प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकालाई मुद्दा चलायो भने होटलका सञ्चालक दावा छिरिङलाई भने फरार सूचीमा राख्यो ।

अपराध महाशाखाले फरार सूचीमा राखेको दावा भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख धीरज प्रताप सिंहसँग प्रत्यक्ष संवादमा थिए ।  

तत्कालिन डीआइजी धीरज प्रताप सिहं तत्कालिन २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट २०७८ असार ७ गतेबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्व गर्न आए । सीआईबी उच्च स्रोत भन्छ, ‘त्यसपछि दावासँग निरन्तर संवाद देखिन्छ । प्रहरीको प्रणालीमै फरार अपराधीको सूचीमा रहेको मानिससँग निरन्तर त्यो पनि निकै घनिष्ट संवाद आफैँमा शंकास्पद छ ।’

ह्वाट्सएप संवादमा उनीहरु दाजु भाई बनेर खुशी साटासाट गरिरहेका र कयौं पटक भेट गरिरहेको देखिने गरेको अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार सिंहले दावालाई पटक पटक आफैँ फोन गरेको समेत देखिएको छ ।

यस्तो छ धीरज प्रताप सिंह र दावाको कुराकानी:

२०७८ माघ २८ अर्थात, २०२२ फेब्रुअरी ११ मा दावाले ‘दाई नमस्ते, कङ्ग्राचुलेसन दाई, म दावा’ भन्दै म्यासेज पठाउँछन् ।

स्रोतका अनुसार उनीहरुको संवाद ह्वासएप, वी–च्याट भन्दा पहिले अन्य माध्यबाट समेत हुने गरेको दावाले अनुसन्धानका क्रममा खुलाएका छन् ।

दावाको म्यासेजको जवाफ धीरज प्रताप सिंहले तुरुन्तै फर्काउँछन् । भन्छन् ‘धन्यवाद भाई , के छ हालखबर ?’

त्यस लगत्तै दावाले जवाफ फर्काउँछन्, ‘सबै ठिक छ दाई ।’

दावाले फेरी लेख्छन्, ‘ह्वेन यू आर फ्री प्लीज डु कल मी । देन वी क्यान मिट ।’ अर्थात, ‘कतिबेला फुर्संद हुन्छ, मलाई कल गर्नुहोला । त्यसपछि हामी भेट्न सक्छौँ’ भन्दै दावाले म्यासेज पठाउँछन् ।

धीरज प्रतापले तत्कालै स्वीकार गर्दै लेख्छन् : ‘ओके’ (हुन्छ)

फेरि २०७८ चैत १७ गते अर्थात २०२२ मार्च ३१ का दिन धीरज प्रताप सिंहको डीआइजीबाट एआईजीमा बढुवा हुन्छ । त्यसको साँझ एआईजी धीरजको दावासँग फेरि संवाद हुन्छ ।

दावा लेख्छन् ‘दाई कंग्राचुलेन्स’ अर्थात ‘बधाई छ दाई ।’

र यस अघि भेट्ने योजना बनाएर भेट्न नपाएको कारण खुलाउँदै दावा लेख्छन् ‘दाई हजुर बीजी हुनुभाकोले नभेटेको ।’

यसका जवाफमा धीरजले ‘धन्यवाद ! दावा भाई ।’ भन्दै जवाफ पठाउँछन् ।

लगत्तै दावाले अर्को म्यासेज लेख्छन्, ‘अब हजुरको कुन दिन समय हुन्छ, त्यसपछि भेट्नु प¥यो । (इम्पोर्टेन्ट) काम छ ।’

त्यसको भोलिपल्ट २०२२ अप्रिल १ अर्थात २०७८ चैत १८ गते दावालाई एआइजी धीरज प्रताप सिहंले कल गर्छन् तर दावाले उठाउँदैनन् ।

केही बेरपछि दावाले धीरजलाई म्यासेज पठाउँछन्, ‘दाई सरी मोबाइल चार्जमा थियो । म घरमा छु ।’

यो संवादले दावा र धीरजको सम्बन्ध एक दुई दिनको होइन भन्ने स्पष्ट पार्छ ।

उनीहरुको संवादको श्रृङ्खला यतिमा मात्रै सिमित छैन ।

२०७८ चैत ३० अर्थात २०२२ अप्रिल १३ मा दावाले फेरि ‘हेप्पी न्यु इएर दाई’ भन्दै म्यासेज पठाउँछन् ।

जवाफमा धीरजले ‘थ्याङ्स, सेम टु यू भाई’ भन्ने जवाफ फर्काएका छन् ।

त्यसको केही समय पछि २०७९ बैशाख १२ अर्थात २०२२ अप्रिल १५ मा दावाले धीरजलाई म्यासेज पठाउँछन् । उनि लेख्छन्, ‘दाई नमस्ते, आई वान्ट टु विस यू अ भेरी ह्यापी न्यू इएर । क्यान वी मीट प्लीज ! इन्फर्म मी ह्वेन यू आर फ्री । एज सुन एज पोसिबल । धन्यवाद ।’

अर्थात

‘दाई नमस्ते, म तपाईंलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु । हामी भेट्न सक्छौँ ? कृपया तपाई फुर्सदमा भएको समयमा मलाई खबर गर्नुहोला । जतिसक्दो चाँडो । धन्यवाद ।’


१८ वैशाख २०७९ मा धीरज प्रताप सिंह नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त भए । कांग्रेस र माओवादी गठबन्धनको सरकारमा सिंहलाई  आइजीपी नियुक्त गर्न तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । प्रहरी प्रमुख भएपछि पनि फरार सूचीमा रहेका दावासँग सिंहको बाक्लो कुराकानी हुने गरेको सीआईबी स्रोत बताउँछ ।  

धीरज र दावाको संवाद यति मात्रै होइन उनिहरुको सम्पर्क पहिले देखिनै भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । दावाको मोबाईल फरेन्सिक रिपोर्टबाट प्राप्त दावा र धीरजको संवादको विस्तृत विवरण केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धान फाइल भित्रै छ । धीरज र दावाको संवादको ‘ओरिजिनल कपी’ सिधाकुरासँग सुरक्षित छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकाअनुसार दावासंगको सम्पर्कमा रहेकाहरु सबै अनुसन्धानको घेरामा तानिएका छन् ।

‘आफ्नै पूर्व महानिरीक्षक र दावाको सम्बन्ध सामान्य नरहेको पाइएपछि गहन विश्लेषण गरिरहेका छौं, ’ सीआइबी स्रोतले सिधाकुरासँग भन्यो, ‘धीरज प्रताप सिंह र दावाको सम्बन्ध थप केलाईरहेका छौं ।’

नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता डीआइजी कुवेर कडायतले सुनसँग जोडिएका सबै मानिस अनुसन्धानको दायरामा रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, यससँग जोडिने सबैको अनुसन्धान हुन्छ, क–कसको अनुसन्धान गरिरहेका छौं भनेर खुलाउन मिल्दैन ।’ सुन प्रकरणमा प्रहरीले तस्करी समूहको जरैसम्म पुगेर अनुसन्धान गरिहरको पनि कडायतको भनाई छ ।

के भन्छन् धीरज प्रताप सिंह ?


दावासँगको संवादबारे जानकारी माग्न हामीले निवर्तमान प्रहरी प्रमुख सिंहलाई फोन गरेका थियौँ । सिधाकुरासँगको संक्षिप्त कुराकानीमा उनले सीआईबीले अनुसन्धान गरिरहेको विषयमा नबोल्ने बताए ।

दावासँगको सम्बन्ध के हो ? भन्ने प्रश्नमा उनले भने ‘सीआईबीले अनुसन्धान गरिरहेको विषयमा के बोल्नु ? उतै सोध्नुस्’, भन्दै उनले चटक्क फोन काटे । हामीले पुनः उनलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्याैँ तर उनी हाम्रो सम्पर्कमा आएनन् । 

सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरुः

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....