आयोग बनाउन सरकारकै आनाकानी, सबैलाई पक्राउ गरि अनुसन्धान गर्न पाउनु पर्छ: एमाले, हुँदैन नीतिगत कुरा गरौँ:सरकार

सिधाकुरा

६० किलो सुन प्रकरण तथा इलेक्ट्रिक भेपमा भित्राइएको ९ किलो सुन प्रकरणको जाँचबुझका लागि असोज ५ गते आयोग गठन गर्ने भनिएपनि ८ गतेसम्म आयोग गठन भएको छैन ।

 आयोगको क्षेत्राधिकारको विषयमा सत्तारुढ नेकपा माओवादी र नेकपा एमालेको आआफ्नौ अडानका कारण आयोग गठन हुन नसकेको हो ।

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीकै संलग्नताको आरोप लगाउँदै नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि भदौ ५ गते एक महिना पछि अर्थात असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो ।

सीआइबीले अनुसन्धान गरिरहेकाले सीआइबीकाे अनुसन्धान सकिएपछि छानबिन गर्ने गरि सहमति भएको थियो । सीआइबीले अनुसन्धान सकेर आरोपितहरूका जिल्ला अदालत काठमाडौँमा बयान जारी रहँदा समेत दलहरूले आयोग गठन गर्न सकेको छैनन् ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार जाँचबुझका लागि बनाइने आयोगलाई अनुसन्धान, तहकिकात, पक्राउ र खानतलासीको अधिकार दिनुपर्ने एमालेको प्रस्ताव छ । तर सरकार भने तस्करी नियन्त्रण गर्न नीतिगत विषयमा मात्रै आयोग केन्द्रित हुने अडान रहेकाले आयोग गठनको टुङ्गोमा नपुगेको हो । सचेतक बर्तौलाले पछिल्ला दुबै सुन प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि नै अनुसन्धान सोझिन सक्ने भएकाले सरकार आयोग गठन गर्नबाट पछि हटेको बताए ।

सत्तारुढ कांग्रेस र माओवादीले भने आयोगलाई एमालले प्रस्ताव गरे अनुसारका अधिकारी दिँदा राज्य स्थायी संरचनामाथि अविश्वास बढाउने भएकाले आयोगको क्षेत्राधिकार सीमित गर्न खोजिएको बताउँछन् ।

हङकङबाट ब्रेक शु मा फिट गरि ल्याइएको ६० किलो ७६१ ग्राम सुन तस्करी प्रकरणका व्यवस्थापक दावा छिरिङसँग माओवादीका उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारीका सम्बन्ध देखि अध्यागमनका पुर्व महानिर्देशकसम्मको सम्बन्ध देखिएको थियो । यस्तै इलेक्ट्रिक सिग्रेट भेपमा लुकाइएको ९ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महाराको पारिवारिक संलग्नता देखिएको थियो । महराका छोरा राहुल महरा यहि प्रकरणमा सीआइबीको हिरासतमा छन् ।

के थियो सहमति ?

एमालेले ६० किलो केजी सुन प्रकरण र इलेक्ट्रिक सिगरेट ९भेप० मा सुन राखेर तस्करीका घटनाको प्रकृति, परिणाम, घटनास्थल, ठाउँ र संलग्न व्यक्तिहरूका बारेमा छानबिन, अनुसन्धान आवश्यक परे खानतलासी र पक्राउसम्मको अधिकार आयोगलाई दिने गरी टीओआरको प्रस्ताव गरेको छ । एमालेले जाँचबुझ आयोग ऐन २०२६ को दफा ४ ९३० र दफा ५ ९३० अनुसार आयोगलाई टीओआर दिनुपर्ने प्रस्ताव अघि सारेको हो । जसमा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिने, लिखित पेस गर्न आदेश दिने, प्रमाण बुझ्ने र कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट कुनै लिखित वा त्यसको नक्कल झिकाउने, प्रचलित कानुनको अधीनमा रहेर संलग्न व्यक्ति, स्थानको तलासी लिने लगायत अधिकार तोकिएको छ ।

कांग्रेस र माओवादीले भने भदौ ६ मा भएको सहमतिको बुँदा नम्बर २ मै टीओआर प्रष्टसँग उल्लेख भएको जनाएको छ ।

सहमतिको बुँदा नम्बर २ ?

भदौ ६ मा भएको सहमतिको बुँदा नम्बर २ मा ‘विदेशबाट इलेक्ट्रिक सिगरेट भेप मा सुन राखी अवैध पैठारी तस्करी गरिएको, मिति २०८० साउन २ गते ब्रेक सुमा राखी अवैध पैठारी तस्करी गरिएको सुन लगायत पटक – पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक–पटक सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम २०८०।६।५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने’ उल्लेख छ ।

फेरी संसद अवरोध हुन्छ: एमाले 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भदौ ६ को सहमति मा प्रहरीको सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्ने, त्यसका बारेमा कमीकमजोरी भएमा रायसहितको प्रतिवेदन दिने, तस्करी नियन्त्रणका लागि कानुनमा भएका कमीकमजोरी र त्रुटिहरू सच्याउने, संरचनागत सुधारका कामहरू गर्ने गरि टीओआर टुंगो लागेको थियो ।

नेकपा एमालेका नेताहरुले सरकारले सुन प्रकरण टार्ने, प्रतिपक्ष दललाई गलाउने, थकाउने र भएका सहमति कार्यान्वयन नगरी सहमति च्यात्ने काम गरेकाले एमालले संसदमा फेरी प्रतिरोध गर्ने जनाएका छन् ।


र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 





प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....