EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

युवराज कँडेल

२५ भदौ, काठमाडौं । अमला रोका मगर, ६० किलो सुन तस्करी प्रकरणका नाइके बेल्जियम नागरिक दावा छिरिङकी पत्नी हुन् । अध्यागन विभागमा दावाको भिषा सहजिकरणका लागि दावाकी श्रीमतीका रुपमा उनले कागजात पेश गरेकी थिइन् । 

ब्रेक शु, पानी तान्ने मोटर लगाएतमा फिट गरी सुन तस्करी गर्ने योजनाका नाइके मानिएका दावा पक्राउ परेसँगै उनिसँग सम्बन्ध देखिएका अन्य चिनियाँहरु पनि पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रिय अनुुसन्धान ब्यूरो सीआईबीले दावाको व्यवस्थापन मै सुन तस्करी भएको रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने अन्तिम तयारी गरेको छ । साथै दावालाई नेपालमा व्यापारिक संजाल विस्तार गर्न योगदान गरेको तथा सुन तस्करीमा समेत शंकास्पद भुमिका देखिएको आरोपमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीको हिरासतमा छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग समेत बयान लिइएको छ । 

पुन र महरालाई व्यापारीक साझेदार तथा सम्पर्कमा रहेको आधारमा पक्राउ तथा अनुसन्धानमा तान्दा दावाको सबै कारोबार सम्हालेकी दावा पत्नी अमला रोकालाई भने पक्राउ नगरी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  जबकी सुन प्रकरणको केन्द्र ठमेलको भियना होटलकै सञ्चालक अमला रोका हुन् । दावा पत्नी अमला रोकासहित माओवादी उपमहासचिव वर्षमान  पुनका भाई प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी  रहेको सिधाकुराले यसअघि नै खुलासा गरिसकेको छ ।  

माओवादी उपमहासचिव पुनले त अमला रोका आफ्नी गाँउले चेली भएको स्वीकार गरेका थिए । तर वर्षमानको परिवार  र अमलाको पारिवारिक मात्र नभई व्यापारिक साझेदारी समेत रहेको देखिएको छ ।

रोल्पामा सुन उत्खनन् गर्ने भनेर खानी तथा भूगर्भ विभागबाट समेत लाइसेन्स लिएको भियना मल्टी प्रपोज ग्रुपमा दावा पत्नी रोकाको २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता शेयर रहेको छ । जहाँ वर्षमानका भाई प्रनेशको समेत ३० लाख बराबरको ३० हजार कित्ता शेयर छ । 

थवाङ गाँउपालिकाका अध्यक्ष ऋषीकेशव बुढा मगरका अनुसार अमलाको पारिवारिक आर्थिक पृष्ठभुमी सामान्य थियो । उनि १७/१८ वर्ष अघिनै काठमाडाै‌ आएकी थिइन् । 

लोकान्तर डटकममा पत्रकार उजिर मगरको लेखमा २०५५ सालमा भलिबल खेलको निहुँमा भएको ग्याङफाइटमा अमला रोकाका पूर्वपति सुजन प्रकाश रोकाको खुकुरी प्रहारबाट मृत्यु भएको उल्लेख गरिएको छ । 

२०६३ सालसम्म गाँउमै काखको छोरा हुर्काउँदै गरेकी अमला, माओवादी शान्ती प्रक्रियामा आएसँगै काठमाडौ झरेर अल्लो, भाङ्गो व्यापारमा लागेको थिइन् । 

त्यहीबेला उनका पूर्वपती सुजन प्रकाश रोकालाई समेत माओवादीले शहिदको सूचीमा राख्यो भने अमलाले समेत शहिदको परिवारको भत्ता बुझन् थालिन् । यही कारण माओवादी नेताहरुसँग उनको सम्बन्ध राम्रो हुँदै गयो । सानो तिनो व्यापार र माओवादी नेताहरुसँग नजिक भएपछि उनको सम्बन्ध ठूला व्यापारीहरुसँग बढेको थियो । यही क्रममा उनको तिब्बती मूलका बेल्जियन नागरिक दावासँग विवाह भएको थियो । 

दावासँग बिहे भएपछि भने थबाङको ठूलो गाँउकी अमला रोकाको आर्थिक हैसियत अस्वभाविक बढेको देखिन्छ । 

अमलाको सुन उत्खनन् गर्ने कम्पनीदेखि अटोमोबाइल्स र क्यासिनोमा लगानी 



शहिद परिवारको भत्ता खाने अमला रोकाका नाममा अहिले सुन उत्खनन तथा प्रशोधन गर्ने भियना मल्टीप्रपोज प्रा.लि.देखि भियना क्यासिनोसम्म लगानी रहेको छ । 

सिधाकुरालाई प्राप्त विवरण अनुसार अहिले अमला रोकाका नाममा करिब एक दर्जन कम्पनी छन् । 

भियना मल्टी प्रपोज गु्रप जसमा अमला रोकाको २ लाख २५ हजार कित्ता शेयर रहेको छ । जसमा वर्षमान पुनका भाई प्रनेश पुन व्यापारिक साझेदार रहेका छन् । 

सुन प्रकरणको केन्द्र मानिएको ठमेलेको भियन होटल, जहाँबाट अमला रोकाका श्रीमान दावा पक्राउ परेको थिए, उक्त होटल समेत अमला रोका र मञ्जिल श्रेष्ठको नाममा छ । 

२०७७ सालमा स्थापना भएको ५ करोड अधिकृत पुँजी देखाइएको यो होटलमा ३ लाख २५ हजार थान अर्थात ३ करोड २५ लाख मुल्य बराबरको शेयर लगानी रहेको देखिएको छ । 

यस बाहेक उनको रोयल स्याण्ड्स टेक इन्टरटेनमेन्ट ग्याम्बिलिङ प्राइभेट लिमिटेड कम्पनी रहेको छ । ५ करोडको यो कम्पनीमा अमला रोकाको ४५ हजार थान शेयर छ । उनको व्यापारिक साझेदार काठमाडौंका मञ्जिल श्रेष्ठ छन् । उनले २०७५ सालमै यो कम्पनी दर्ता गराएको देखिन्छ । 

कानुनतः नेपालमा ग्याम्बिलिङ अवैध छ । गृहमन्त्रालय स्रोतका अनुसार अमला रोकाले राजनीतिक दबाबमा पारेर स्याण्ड्स टेक इन्टरटेनमेन्ट ग्याम्बिलिङ प्राइभेट लिमिटेड कम्पनी दर्ता गराएकी थिइन् । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको विवरण अनुसार अमलाले क्यासिनो समेत दर्ता गराएकी छिन् । उनका नाममा भियना क्यासिनो दर्ता छ । जहाँ उनको ५ लाख कित्ता शेयर छ । 

बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारी र दावा पत्नी अमला व्यापारिक साझेदार

क्यासिनोसँगै अमलाको लगानी अटोमोबाइल्समा समेत रहेको छ । उनका नाममा ५ हजार कित्ता शेयर रहेको बिध अटोमोबाइल्स दर्ता छ । स्मरण रहोस् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा  अनुसन्धान गर्दा बिध अटोमोबाइल्समा बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीको समेत ४९ लाख लगानी रहेको भेटिएको थियो । उनलाई गत वर्ष मात्रै ६ करोड २४ लाख गैरकानूनी रकम आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

भण्डारी र अमला रोका बिध अटोमोबाइल्समा व्यापारिक साझेदार समेत रहेको पुष्टि हुन्छ । उसो त सिधाकुराले यस अघिनै सुन तस्करीका नाइके दावा छिरिङ र भिमकान्त भण्डारीले हुण्डी कारोबारका विषयमा गरेको वी–च्याट संवादसार्वजनिक गरिसकेको छ । सोही कारण केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले समेत भिमकान्तको बयान लिएको छ । 

दावा पत्नी अमला रोकाको अटोमोबाइल्स सम्बन्धी अर्को कम्पनी पनि रहेको छ । लुम्बिनी अटोमोबाइल इन्डष्ट्रिज कम्पनीमा उनको २ लाख ७५ हजार कित्ता शेयर रहेको छ । 

यस्तै छङफङ होटलमा उनको २ लाख ५० हजार कित्ता शेयर लगानी देखिन्छ । 

अमलाले रोयल स्याण्डस् होटलमा समेत लगानी गरेकी छिन् । विवरण अनुसार रोयल स्याण्डस्मा उनको ५० हजार कित्ता शेयर लगानी छ । 

होटलसँगै नेपफ्ल्याग ग्रुपमा समेत उनको ५० हजार कित्ता शेयर लगानी रहेको छ । 

यस बाहेक उनले अस्पतालमा समेत लगानी गरेको देखिन्छ । कम्पनी रजिष्टारको कार्यालयमा रहेको विवरण अनुसार जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रमा उनको १ हजार कित्ता शेयर देखिन्छ । 

तर थवाङ गाँउपालिकाका अध्यक्ष ऋषीकेशव बुढा मगरका अनुसार उक्त नाममा थवाङमै सामुदायिक अस्पताल सञ्चालनमा छ । जसको  अध्यक्ष ऋषीकेशव  बुढा आफैँ छन् । 

छोराको नाममा अवैध कल सेन्टर

यस बाहेक अमलाले आफ्ना छोराका नाममा समेत स्काई वल्र्ड सर्भिस सेन्टर प्रा.लि. खोलेकी छिन् । जहाँ उनका पूर्वपती सुजन प्रकाश रोका तर्फका छोरा सुविन्द्र रोका मगरका नाममा ३३ हजार ३ सय ३३ कित्ता शेयर लगानी रहेको देखिन्छ । 

स्काई वल्र्ड सर्भिस सेन्टर प्रालीले भियन होटल भित्रै अवैध कल सेन्टर सञ्चालन गरेको पाइएपछी गत वर्ष पनि प्रहरीले छापा हानेको थियो । 


सेक्रेट्स अफगोल्ड माफियाका श्रृङ्खलाहरु 

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 

 



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....