तस्करीको सुन अनुसन्धानमा राजनीतिक दबाबमा सीआईबी, दावाको वी–च्याट नजरअन्दाज

युवराज कँडेल

राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार गेट अघिबाट १५५ किलो सुन सहितको स्कुटरको ‘बे्रक शु’ बरामद गरेको ४१ दिन पुगेको छ । सुन तस्करीमा बेल्जियम नागरिक दावा छिरिङ पक्राउ परेसँगै गृहमन्त्री नारयणकाजी श्रेष्ठको दबाबमा सीआईबीले अनुसन्धान ‘टेकओभर’ गरेको २२ दिन भएको छ । संगठित अपराधमा अनुसन्धान गरी ६० दिन भित्रै मुद्दा अभियोजन गर्नु पर्ने भएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी चर्को दबाबमा छ । तर सीआईबी स्रोतका अनुसार प्रयाप्त प्रमाण हुँदा हुँदै पनि तस्करीका नाइके दावाको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान भरिया र चिनियाँमा मात्रै केन्द्रित हुने संकेत देखिएको छ ।  

सुन ओसार्ने तीन गाडीका १५ सय जीपीएस लोकेसन 

बा १६ च ९३०० नम्बरको सेतो क्रेटा गाडी । यो गाडी सामान्य गाडी होइन । एक निजी रेन्टल कम्पनीको यो गाडीले दावा ग्याङले तस्करी गरेको सुन ओसार पसार गर्थ्यो । यो गाडीमा जीपीएस जडान गरिएको थियो । सोही जीपीएसलाई पछ्याउँदै जाँदा यो गाडीको पार्किङ सेन्टर ठमेलको भियाना होटल देखिन्छ । 


प्रहरीलाई प्राप्त पछिल्लो ६ महिनाको रेकर्ड अनुसार हरेक दिन जसो सेतो क्रेटा ठमेलबाट निस्कीएर सोह्रखुट्टेको गोदाम, बालुवाटारस्थित भैरवनाथ गण पछिको गोदाम हुँदै टोखामा रहेको सुन पगाल्ने फ्याक्ट्री पुगेको देखिन्छ । त्यहाँबाट धुम्बाराही, मण्डिकाटार हुँदै काठमाडाैको विभिन्न होटल र केही व्यक्तिहरुको घर पुगेको देखिन्छ । 

दावा छिरिङका समूहले प्रयोग गर्ने अर्को गाडी हो, बी एबी ५९८९ इम्बोस्ड नम्बर भएको खैरो रङको गाडी । यो गाडीको रुट पनि सेतो क्रेटाको जस्तै छ । स्रोतका अनुसार यी दुई गाडी केही नेता र सुरक्षा अधिकारीको घरमा समेत पुगेर रोकिएका छन् । 

यस्तै दावा छिरिङको समूहले नियमित प्रयोग गरेको अर्को गाडी हो, बा १६ च १७७१ नम्बरको खरानी रङको डस्टर गाडी । यो गाडीलाई पनि व्यापकरुपमा सुन बोक्नका लागि प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो । 

यी गाडी अहिले निजी कम्पनीले फिर्ता लिइसकेको छ । तर यी तीनओटै गाडीको ६ महिनाको १५ सय भन्दा धेरै जीपीएस लोकेसनको विवरण प्रहरीसँग छ । साथै पछिल्लो समय यी गाडी कुदेको र रोकिएको ठाँउको सिसिटिभी फुटेज समेत प्रहरीसँग छ । तर अहिलेसम्म ति गाडी रोकिएका ठाँउमा सीआईबी पुगेको छैन । 

सीआइबीको अनुसन्धान चिनियाँमा मात्रै केन्द्रित

तिब्बतियन मुलका बेल्जियम नागरिक दावा छिरिङको ग्याङले नेपालका उच्च पदस्थहरुसँग सेटिङ मिलाएर, हङकङबाट क्याथेप्यासफिकको उडानमा ल्याएको १५५ किलो स्कुटरको ‘ब्रेक शु’ नियन्त्रणमा लिएको ४१ दिन भएको छ । ‘ब्रेक शु’ बाट सुन निकालिएको पनि छ । तर अनुसन्धान भने कहिले राजश्व त कहिले सीआईबी भन्दा भन्दै झन् अलमलिएको छ । 

किनकी सुन नियन्त्रणमा लिएको १७ दिनमा राजश्व अनुसन्धान विभागले नाइके भनिएको दावा छिरिङ सहित ३ चिनियाँ, १ भारतीय सँगै भन्सारका कर्मचारी, भन्सार एजेन्ट, र ट्याक्सी चालक मात्रै होइन सुन आयात गर्ने कम्पनी रेडी टे«डर्सका सञ्चालक तथा लगानीकर्ताहरु १८ जना नियन्त्रणमा लिएको थियो ।

तर सीआईबीमा फाइल पुगेको २२ दिनसम्म प्रहरीले केही ६ चिनियाँ र उनीहरुका प्रेमी भनिएका भारतीय मुलका केही युवतीलाई मात्रै नियन्त्रणमा लिएको छ भने थप दुई वटा गोदाम भेटाएको छ  । 

राजनीतिक कनेक्सन जोगाउन दावाको वी–च्याट नजरअन्दाज 

सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँग वी–च्याटमा नियमित संवाद भएका नेता, प्रहरी, सरकारी अधिकारीदेखि व्यापारीहरुका विषयमा भने अनुसन्धान नै सुरु गरेको छैन । न उनको ग्याङले प्रयोग गरेका गाडीको जीपीएस रेर्कड अनुसार अनुसन्धान गरेको छ । यही जीपीएसकै आधारमा चिनियाँका  प्रेमिका भनिएका युवतीहरुलाई मण्डिकाटार र धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

अहिले अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार दावाको मोवाइल फोनको फरेन्सिक रिपोर्टमा नेपालका ठूला राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, सुरक्षा नीकायका उच्च पदस्थहरुसँग गोप्य संवाद  भेटिएका छन् ।

दावासँग हुण्डीको डिल गरेका ‘विध ल्याव’का सञ्चालक भिमकान्त भण्डारी र दावाले ल्याउने  सामानको फोटोदेखि कागजपत्र पठाउने अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको वी–च्याट संवाद सिधाकुराले ‘द सेक्रेट अफ गोल्ड माफिया’बाट सार्वजनिक गरिसकेको छ । 

दावासँग भिमकान्त र झलकरामको संवाद अझै लामो छ र त्यो हामीलाई प्राप्त छ । उनीहरु बाहेक दावाले सुरक्षा निकायदेखि गृह प्रशासन मात्रै होइन प्रधानमन्त्री निकटका व्यक्तिहरुसँग पनि निरन्तर संवाद गरिरहेका थिए । हामीले प्रशारण गरेका संवादको वास्तविक स्क्रिनसट सुरक्षित छन् । 

अहिलेसम्म अध्यागम विभागका महानिर्देशक झकलराम अधिकारीलाई मन्त्रालय बोलाउने बाहेक थप अनुसन्धान भएको छैन । दावासँग सिंगापुरको बैंकमा एक पटकमा १ मिलियन डलर हुण्डी  गरिदिने  संवाद गरेका भिमकान्त भण्डारी खुलमखुल्ला हिँडिरहेका छन् । तर केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भने उनिहरुलाई पक्राउ गर्ने आँट गरेको छैन । 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

स्रोतका अनुसार भिमकान्त भण्डारी र झलकराम अधिकारीलाई पक्राउ गर्न प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयले नै रोकेको छ । भिमकान्त भण्डारी माओवादी नेता वर्षमान पुनका प्रिय पात्र हुन् र वर्षमान पुन मन्त्री भएको समयमा उनकै सचिवालयमा कार्यरत भण्डारीले बिध ल्याव सञ्चालन गरेका थिए । झलकराम प्रधानमन्त्री ‘प्रचण्ड’ निकट छन्  ।

पुर्व गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले नै गृह मन्त्रालय सम्हालेका थिए । सोही समय प्रधानमन्त्रीले झलकरामलाई अध्यागमन विभागको महानिर्देशक बनाएका थिए । भण्डारी र अधिकारीलाई जोगाउन लागि परेको प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्रालयले दावासँगको संवादको केही अंश सिधाकुराले सार्वजनिक गरेपछि सूचना कसरी सार्वजनिक भयो भनेर प्रहरीमाथि दबाब दिइरहेका छन् । 

किनकी प्रहरीलाई प्राप्त फरेन्सिक रिपोर्टमा दावाले प्रतिष्ठित नेता, व्यापारीदेखि सुरक्षा निकायका उच्च पदस्थसँगै पत्रकारहरुसँग पनि फोन तथा म्यासेजमा निरन्तर संवाद गरेको देखिएको छ । 

सीआईबीसँग भएको अनुसन्धान फाइलमा पक्राउ परेका चिनियाँहरुले कुन दिन, कुन होटलमा कुन कुन व्यक्तिसँग भेटेका थिए भन्ने जीपीएस सहितको लोकेसन म्याप र केही स्थानको सिसिटिभी फुटेज समेत रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । 

प्रयाप्त प्रमाण हुँदा हुँदै पनि प्रहरीले पक्राउ गरेका नेपालीहरु कोही सामान्य भरिया मात्रै छन् भने कोही आफ्नो नागरिकताको विवरण दिएर फसेकोे देखिएको अनुसन्धानमा खटिएका अधिकारीहरु नै बताउँछन् । 

पक्राउ परेका ६ चिनियाँले भने बयानमा केही खुलाएका छैनन् । तर उनिहरुको फोनको फरेन्सिक रिपोर्टमा भने सुन तस्करीका लागि नेपालमा गरिएको सेटिङ स्पष्ट छ । 

यी सबै कुराको विवरण भएको फाइल आफैसँग राखेको सीआईबीले फाइल खोलेर देखिएका शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने, सोधपुछ गर्ने आँट नै गरेको छैन । 

फाइलमा  भएको रेकर्ड नहेरेर सूचनाको फण्डा

आफ्नै अनुसन्धान फाइलमा भएको विवरणमा काम नगरेको सीआईबीले नागरिकसँग भने सूचना माग गरेको छ । सीआईबीले जारी गरेको सूचनामा कोही कसैसँग सुन प्रकरणको सम्बन्धमा सूचना भए स्वयंम् कार्यालयमा पुगेर दिनसक्छन् । उनीहरुको विवरण गोप्य रहनेछ । 


सिधाकुराको ‘द सेक्रेट्स अफ गोल्ड माफिया’मा सीआईबीले सुन प्रकरणमा नाइके भनिएका दावा छिरिङले विद्य ल्याबका सञ्चालक भिमकान्त भण्डारी र अध्यागन विभागका तत्कालिन महानिर्देशक झकलराम अधिकारीसँगको डिलको वी–च्याट संवाद सार्वजनिक गरेपछि सीआईबीले ध्यानर्कषण भएको जनाएको छ । 

तर मुद्दा जिम्मा लिएको २१ दिनसम्म पनि सीआईबीले थप एक जना पनि नेपाली पक्राउ गर्न सकेको छैन । दावासँग सुन प्रकरणसँग सम्बन्धीत विषयमा संवाद भएका झलकराम र भिमकान्तलाई पक्राउ गर्न सकेको छैन । 

केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले झलकरामको भूमिका शंकास्पद देखिएपछि आफूले जिम्मेवारी बिहिन बनाएको र अब अनुसन्धानका लागि टेक अफ गर्न सीआईबी स्वतन्त्र रहेको बताएका थिए । 

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

गृहमन्त्रीले यसो भने पनि सीआईबीले भने आँट गरेको छैन । 

गृहमन्त्रीको अभिव्यक्ति पछि सिधाकुरा टिमसँगै कुरा गर्दै सीआईबीका अधिकारीले बाहिर भन्नु र वास्तविकता धेरै फरक भएको गुनासो गर्छन् । उनिहरुका अनुसार अहिलेको अनुसन्धान चिनियाँ भरिया भन्दा माथि उठ्ने देखिदैन । 

अधिकारीहरुका अनुसार भन्सार कर्मचारीलाई अनुसन्धान गर्न समेत सीआईबी स्वतन्त्र छैन । 




प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....