कोभिड–१९ को समयमा कोभिड प्रयोजनमा विर अस्पतालमा भर्ना गरिएका करिब २ सय कर्मचारीलाई तलब खुवाउन नसकेपछि बर्खास्ती गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को कार्यम्रलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले वीरमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नै धौ धौ परेपछि दशैँको मुखमै भएपनि निकाल्न बाध्य भएको बताएका छन् ।
‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।’, उनले भने, ‘हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ सयौँ कर्मचारीलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रूपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’
त्यस्तै उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी अभाव भएको र उक्त अभाव छिट्टै समाधान हुने समेत बताए । उनले भने, ‘चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौँ’