अधुरो पढाईमै एसईईमा सहभागी हुँदै मुगुका बिद्यार्थी

कमल विक

मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ का हिम्मत बुढा यही साल एसईईमा सहभागी हुँदैछन् । उनी सोही गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित विजय माविमा अध्ययनरत छन् । हिम्मतको गाउँबाट उनी पढ्ने विद्यालय पुग्न दैनिक साढे २ घण्टा हिड्नुपर्छ ।

दैनिक ५ घण्टा विद्यालय आवत जावतमै वित्छ । यति दुख गरेर विद्यालय पुग्ने हिम्मतको एसईई परीक्षा मुखैमा आईसकेको छ । तर हिम्मतसँग एसईईमा पास हुने दृढताका साथ सामेल हुने हिम्मत छैन । कारण हो अपुरो पढाई । 

हिम्मत ५ घण्टा समय खर्चिएर विद्यालय आवत जावत त गर्थे तर विद्यालयमा ३ ओटा विषयभन्दा बढी पढाई कहिल्यै हुँदैनथ्यो । हिम्मत भन्छन्, ‘अंग्रेजी, विज्ञान र गणित विषयको ६, ७ पाठ मात्र पढाइ भएको छ । दसै अगाडि पढाइ नै भएन ।

दसैँ पछि थोरै थोरै  पढाइ भयो तर बिषयको आधासम्म  पनि  राम्रोसँग पढ्न पाएका छैनौं । नेपाली , समाजिक, अर्थशास्त्र र शिक्षाको झनै कम पढाइ भएको छ ।’

हिम्मतसँगै एसईईमा सहभागी हुन लागेका सोही गाउँका सर्जन भुमीको पनि गुनासो उस्तै छ । उनी भन्छन्, ‘बिद्यालयमा पूरा कोर्ष पढ्न पाएका छैनौँ । विज्ञान र गणित पढाउने  शिक्षक बिद्यालयमा आएर पढाउन लागेको दुई महिना मात्र भयो पूरा कोर्ष भएको छैन ।’

कुनै पनि विषयको पुरा पाठ पढ्न नपाएका उनलाई कसरी पास हुने भन्ने चिन्ताले सताईरकेको छ । ‘घण्टौ हिँडेर पढ्न जान्छौँ तर पढाइ नै हुँदैन । पूरा पढाई नहँुदा अब फेल हुन्छौँ कि भन्ने डर छ । घरमा पनि तयारी गर्ने वातावरण छैन ।’ सर्जन आफ्नो सुनाउँछन् । 

हिम्मत र सर्जनजस्तै सिप गाउँबाट विजय मावीमा पढ्ने ८ जना छन् । त्यस्तै उनीहरु पढ्ने विजय माविबाट यसपाली एसईई परीक्षामा ७२ जना सहभागी हुँदैछन् । सबैलाई डर एउटै कुराको छ, ‘पुरै पाठ पढ्नै पाएका छेनौँ, कसरी पास भईएला ?’

बिद्यार्थीले पूरा पाठ्क्रम पढ्न नपाएको शिक्षक गुड्डु प्रसाद न्यौपाने स्वीकार्छन् । “म यस बिद्यालयमा आएको दुई महिना मात्रै भयो । कोर्ष पूरा गर्न मलाई धेरै हम्मेहम्मे भएको छ । विद्यार्थीले पूरा कोर्ष पढ्नै पाएका छैनन । विद्यालयको हालत बिग्रिएको छ ।’ 


किन भएन पढाई ? 

शिक्षक न्यौपानेले बिद्यालयको हालत विग्रिएको बताएपछि हामीले पूरा पाठ पढाई नहुनुको कारण खोज्यौँ । बुझ्दै जाँदा, गत बर्ष गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गरेको रहेछ ।  धेरै शिक्षकहरु गाउँपालिकाको निर्णय चित्त नबुझाएर उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका रहेछन् । मुद्दाको टुंगो नभएसम्म शिक्षकहरु विद्यालयमा उपस्थित भएनन् । दसैँताका सर्वोच्चको फैसला आएपछि पनि शिक्षकहरुको पहिलेको स्थानबाट अन्यत्र सरुवा भयो । त्यसले पढाईमा झन असर गरेको बिद्यालयका प्रअ सिताराम थारु बताउँछन् । 

प्रधानाध्यापक नियुक्तिमा उस्तै किचलो

विजय माविमा यसअघि बिर बहादुर बम प्रधानाध्यापक थिए । उनको पुस महिनामा अन्यत्र सरुवा भयो । त्यस्तै सोरु गाउँपालिकाले वडा नम्बर ८ मा रहेको रारा माविमा प्रधानाध्यापक रहेका सिताराम थारुको सरुवा विजय माविमा गर्छ । थारुले शिक्षा नियमावली अनुसार प्रधानाध्यापक बन्नको लागि आफ्नो योग्यता पुग्ने बताउँदै आफूलाई प्रधानाध्यापक नियुक्त गर्न बिद्यालय व्यवस्थापन समितिमा निवेदन दिन्छन् । तर समिति सहमत हुँदैन । 

पौष २३ गते बिद्यालय व्यवस्थापन समितिले शिक्षा नियमावली विपरित प्रावि  शिक्षक रामबहादुर शाहीलाई प्रअ बनाउछन् । त्यसपछि सिताराम थारु उक्त निर्णयविरुद्ध उजुरी लिएर गाउँपालिका कार्यालय पुग्छन् । पौष २४ गते गाउँपालिकाले सीता राम थारूको निवेदनको पक्ष लिई व्यवस्थापन समितिको निर्णय उल्ट्याउँदै थारुलाई गाउँपालिकाले प्रअको जिम्मेवारी तोक्छ । 


गाउँपालिकाले दिएपनि थारूलाई बिद्यालय व्यवस्थापन समितिले  प्रअको जिम्मेवारी दिँदैन । एक महिनासम्म किचलोरहिरन्छ । फागुनको पहिलो साता बल्ल बिद्यालय व्यवसथापन समितिले थारुलाई प्रअको जिम्मेवार दिने निर्णय गर्छ । तर थारुले प्रअको जिम्मेवमरी सम्हमलेको १ महिना नबित्दै गाउँपालिकाले थारुलाई फागुन २४ गते जगत माला मावि धैनमा सरूवा गरिसकेको छ । अहिले विजय मावि निमित्त प्रअको भरमा चलेको छ । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले आफुहरुबाट गल्ती भएको स्वीकार गर्छन्, ‘पहिला हामीले नियमविपरीत प्रअ बनाउन खोज्दा हाम्रो गल्ती भएको हो ।’ बिटालु भन्छन्, ‘गल्ती सच्याउँदै फागुनको पहिलो साता सिताराम थारूलाई प्रअको जिम्मेवारी दिएका हौँ” । तर अहिले गाउँपालिकाले बिद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई अन्यत्र सरूवा गरेको छ ।’ 

बिद्यालयमा भएको किचलोबारे शिक्षा विकास तथा समन्वय इकाई पनि जानकार छ । गत बर्ष दरबन्दी मिलानका नाममा धेरै शिक्षकको सरूवा गर्दा समस्या आए पनि त्यो समस्या समाधान भयो तर प्रअको दरबन्दी मिलानमा भन्ने पालिकाले आफूखुसी गर्दा धेरै समस्या आइरहेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्यबहादुर खत्री बताउँछन् । सरी पालिकाले शिक्षा नियमावली मिच्दा बिद्यालयमा काम गर्ने वातावरण नहुने, बिद्यालय शैक्षिक वातावरण धमिलो हुने र शैक्षिक गुणस्तरमा असर पर्ने उनको भनाई छ । 

भवनमा तालाबन्दी हुँदा पढाइ प्रभावित

विधालयको नयाँ भवनमा फागुन २० गतेदेखि तालाबन्दी हुँदा विद्यार्थीहरु जीर्ण भएको भवनमा बसेर पढ्दै आउका छन् । नयाँ भवनमा ताला बन्दी गरेर आफुहरुलाई बाख्रा समान गोठ जस्तो ठाँउमा राखेको कक्षा ८ मा अध्ययनरत छात्रा उब्जा लक्ष्मी मल्ल बताउँछिन् ।  कक्षा कोठा व्यवस्थित नभएको कारण सरहरूले पनि पढाउन आनाकानी गर्ने गरेको बिद्यार्थीहरु बताउँछन् । तलाबन्दीमा गाउँपालिका नै जोडिएको छ । 


भवन मर्मतका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गर्यो । से बजेटमा दुई तले ४ कोठाको भवन मर्मत गरियो । मर्मत पश्चात गाउँपालिकाले ३ लाख ३० हजार दियो तर ६ लाख ७० हजार भुक्तानी गर्न ढिलाई गर्यो । रकम नपाएपछि ८० जना कामदारसहित निर्माण समितीले ताला बन्दी गरेको निर्माण समितिका अध्यक्ष पार्वती योगीले बताईन् । ‘गाउँपालिकालाई पटक पटक भुक्तानीको लागि अनुरोध गरियो । तर हामीले भनेको कुरा जिम्मेवार निकायबाट सुनुवाई नै भएन ।’ रकम भुक्तानी र विद्यालयको भवनमा तालबन्दी सम्बन्धमा प्रश्न गर्दा सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले आफुलाई बिद्यालय भवन तालाबन्दी गरेकाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

एसईईमा सामेल हुनुअघि विद्यालयहरुले बिद्यार्थीलाई पाठ्यक्रम दोहोर्याएर, तेहेर्याएर पढाउने गर्छन् । ताकी उनीहरुले राम्रो अंक ल्यउन सकुन् । तर मुगुको विजय माविका बिधार्थीले आधा पनि पढ्न पाएका छेनन् । शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको किचलोमा बिद्याथीहरु किचिएका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....