काठमाडौँ । नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् । थापालाई हेडक्वार्टर तानिएको केन्द्रिय प्रहरी प्रवक्ता भिमप्रसाद ढकालले पुष्टि गरे ।
सुन प्रकरणको अनुसन्धानको क्रममा आरोपीलाई उन्मुक्ति दिएको भन्दै उच्च स्तरीय जाँचबुुझ आयोगले थापालाई कारवाही गर्न सिफारिस गरेको थियो । थापा ६१ किलो सुन प्रकणका अनुसन्धान अधिकृत थिए ।
आयोगले थापासँगै सीआईबी प्रमुख एआइजी किरण बज्राचार्य र डिएसपी रुगम कुँवरलाई पनि कारवाहीको सिफारिस गरेको थियो । उनीहरु पनि हेडक्वाटर तानिएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सीआईबीमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ ।