काठमाडाैँ । भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका छन।
सो क्रममा उक्त समूहले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेला धकेल भएको छ।