काठमाडाैँ । गत पुस ४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेपनि अदालतले त्यसलाई बदर गरिदिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो । अदालतले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएको हो ।
पुनको नियुक्ति बदर गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषकै भरत मरासिनीले पुस २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटउपर सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।
त्यस्तै लक्ष्मी पुनको नियुक्तिको विषयलाई लिएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा छलफल मात्र भएको थिएन, पुनको नियुत्तिको कागजात समेत मााग गरेको थियो ।
यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पुस १ गते सकिएपछि पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।