काठमाडौँ । डढेलोबाट निस्किएको धुवाँ र शहरको प्रदुषणका कारण आइतबार काठमाडौँ उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो ।
वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौँ विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।
चैत्र २६, २०८० ०२:५८ मा प्रकाशित