काठमाडौँ । काठमाडौँको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ । धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ। वर्षभरी बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा हुने गर्छ । विशेष गरी नेवार समुदायले मनाउन सुरू गरेको रोपाइँ जात्रा अहिले देशैभरका विभिन्न स्थामा मनाउने गरिन्छ।
मंसिर ८, २०८१ शनिबार |