काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ हप्तासम्म काम गर्नेगरी १४० जना महानगर स्वयंमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्ने महानगरले जनाएकाे छ ।
बालबालिका र वातवरणकाे क्षेत्रमा काम गर्न १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र सम्पदामा युवा र बालबालिका लक्षित कार्यक्रमका लागि ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) स्वयमसेवक खाेजिएकाे महानगरका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार , ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ भने सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ ।