दार्चुला । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । शनिबार साँझ महाकाली नगरपालिका १ की २५ वर्षीया धनिसा कुँवरले सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार कुँवर हामफाल्न नदी डिलमा उभिएको देखिएपछि उद्धारका लागि प्रहरी पुगेको थियो । सामाजिक सञ्जालमा देखिएका भिडियोमा सडक छेउमा उभिएका स्थानीयहरुले उनलाई फर्काउने प्रयास समेत गरेको देखिन्छ ।
साथै उनलाई फिर्ता गराउन प्रहरी छेउमै पुगेका बेला कुँवरले हाम फालेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कुँवरको खोजी भैरहेको छ ।