लमजुङ : लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका १ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी भएका छन् ।
मंसिर २२ गते जिल्लाको सुन्दर बजार नगरपालिका वडा नम्बर ८ का क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियो । उक्त सामूहिक भोजमा सहभागि भएकी सोही नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो ।
भोजमा सहभागी भएर फर्किएका अन्य ३० जनालाई भने पखाला लाग्ने, ज्वरो आउने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
भोज खाएर बिरामी भएका ३ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्यको नमूना सुन्दर बजारमा उपचार भइरहेको छ ।
त्यस्तै भोजमा प्रयोग भएको खाद्यन्नकोबारे अनुसन्धान सुरु भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । भोजमा प्रयोग भएको खानाको नमूना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने प्रशासनले बताएको छ ।