रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ । बिहिबार ईशनाथ-५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा विवाद हुँदा स्थानीय नरेश पासवानसहित केही घाइते भएका थिए ।
घट्नापछी प्रशासन र दुबै समुदायका अगुवाबिच सहमति भएपनी सनिबार पुन झडप भएको छ । झडपमा परेर घिउराका २३ बर्सिय भोला ठाकुर घाइते भएको स्थानियले बताए ।
अहिले स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेकाे छ । ईशनाथको पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मणि भुसन साहले जानकारी दिए ।