काठमाडौं । प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ । जारी बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले विपक्षी सांसदहरुलाई गणपुरक संख्या नपुर्याउन बाहिर गएको आरोप लगाएका थिए ।
शुक्रबारको बैठकमा बोल्दै केसीले राजनीतिक बिहीबार राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु सदनबाट निस्कीएको आरोप लगाएका थिए । केसीको अभिव्यक्तिको विरोध जनाउँदै प्रतिपक्ष नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदले उठेर प्रतिवाद गरेका थिए ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए ।