काठमाडौं । सरकारले स्याउ, आलु र प्याजमा लाग्दै आएको भ्याट हटाएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणका क्रममा अर्थमन्त्री वर्षमान पुनले भ्याट हटेको जानकारी गराएका हुन् ।
अघिल्लो पटकका अर्थ मन्त्री डा.प्रकाशशरण महतले ति वस्तुमा भ्याट लगाएका थिए । तर मंगलबार अर्थ मन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा ति वस्तुहरुमा भ्याट हटाइएको उल्लेख छ ।