काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय संसद्मा उठाएकाे छ । आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ भन्दै प्रश्न गरेका थिए ।
उनले भने “श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय मिडिया हाउस हुँदै सडकमा पुगेको छ । प्रजातन्त्र पुर्नवहाली र सुशासन तथा आमनागरिकलाई सुसूचित गर्ने श्रमजीवी पत्रकार आज विषम परिस्थितिबाट गुज्रेका छन,” ।
सांसद श्रेष्ठले श्रमजीवी पत्रकारको समस्या हल नगर्ने भए लोकतन्त्र फस्टाउन नसक्ने उल्लेख गर्दै सांसद विराजले प्रश्न गरे “राज्यको चौथो अंगको रूपमा रहेकाले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि हैन ?”।