काठमाडाैंँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ती निकाल्दै आयोगले रुस युक्रेन युद्धमा नेपालीहरु संलग्न रहेका साथै केही घाइते र मृत्यु समेत भइसकेका कारण उनीहरुको तत्काल उद्धार गर्न आग्रह गरको छ ।
त्यस्तै आयोगले नेपालीहरु जस्तो अवस्थामा भएपनि मानव अधिकारको संरक्षण गर्नु र उद्धार गर्नु सरकारको कर्तव्य भएका कारण उनीहरुको तत्काल उद्धारगर्न आग्रह गरेको छ । ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’, विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै आयोगले मृतकलाई स्वदेश ल्याएर रितिपूर्वक संस्कार गर्न कुटनीतिक पहल गर्नुपर्ने साथै मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरको छ ।