२७ भदाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले साउन ३ गते बरामद ६० केजी सुन प्रकरणमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै सुन प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६ सय २० ग्राम सुन ल्याएको देखिएकाले उक्त बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको हो ।
त्यस्तै सीआईबीले नेपाली र विदेशी गरि ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ। जहाँ पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीकाे राय छ