भक्तपुर । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुगेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।
सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने, स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको छ । जस अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पुगेका हुन ।