काठमाडौँ : माघी पर्वको अवसरमा थारु राष्ट्रिय समाजले काठमाडौँको वसन्तपुरदेखि टुँडिखेलसम्म झाँकीसहितको र्यालीको आयोजना गरेका छन् ।
थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघी पर्वको अवसरमा सोमबार वसन्तपुरबाट सुरु गरिएको र्याली टुँडिखेल पुगेर समापन गरिएको हो ।
तराईवासी थारु जनसमुदायहरुका लागि शुभ तथा मंगलमय एवम् ऐतिहासिक परिवर्तित सामाजिक दिन पनि हो आज ।
भूगोल ग्रह–विज्ञानअनुसार आजबाट सूर्य उत्तरी मकर रेखातिर प्रवेश गर्छ । त्यस्तै आजबाट दिन लामो हुँदै जान्छ र गर्मी बढ्दै जाने जनविश्वास छ । यो पर्व मनाउने क्रममा पोखराको ढुङ्गेसाँघु, पाल्पाको रिढी र कपिलवस्तुको रामघाटलगायत नेपालका कैयन ठाऊँहरुमा भव्य मेला–जात्राहरु लाग्ने गर्छन ।