युएईबाट काठमाडौँ अवतरण भएको एअर अरेबियाको जहाजमा मृत नवजात शिशु फेला परेको छ ।
यूएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजे काठमाडौँ अवतरण गरेको जी ९५३६ उडान नम्बर जहाजको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेको हो ।
शौचालयमा शिशु फेला परेसँगै प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरि स्वास्थ्य जाँचका लागि केएमसी अस्पताल सिनामंगल लगिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उक्त नवजात शिशु कसरी त्यहाँ आयो भन्ने विषय एकिन नभएको समेत उनले बताए ।
यूयईबाट जहाज काठमाडौँ अवतरण गरेको भएपनि कुन देशका नागरिकले यात्रा गरेका थिए भन्ने पूर्ण विवरण विमानस्थल प्रशासनसँग आइनसकेको उनले बताए ।
सो घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ।