काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोलकाे मूल्य पहिलो वर्गको उपभोक्ताका लागि १६३ रुपैयाँ ५० पैसा, दाेस्राे वर्षकाे उपभोक्ताका लागि १६५ र तेस्रो वर्गको उपभोक्ताका लागि १६६ रुपैयाँ ताेकिएकाे छ ।
यस्तै, डिजेल र मट्टीतेलकाे मूल्य भने पहिलो वर्गका उपभोक्ताका लागि १५३ रुपैयाँ ५० पैसा, दाेस्राे वर्गका उपभोक्ताका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका उपभोक्ताका लागि १५६ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यासकाे मूल्य भने निगमले हाललाई यथावत राखेको छ ।