२७ भदौ हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।
आफन्तको मृत्यु भएको निहुँमा अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि युवाहरूको समूहले कुटपिट गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाका पदम पोखरीका केहि युवाहरूले अस्पताल भित्र छिरेर दुई जना डाक्टरमाथि कुटपिट गरेको सीसीटीभीमा कैद भिडियोमा देखिएको छ ।
कुटपिटबाट विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा। थापाको गाला र अनुहार सुनिएको छ ।
एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो । उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले डाक्टरमाथि हातपात गरेको मकवानपुरकाका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।