काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस पनि सकिएको छ । बुधबार प्रतिवादी रवि लामिछानेका ५ जना वकिलहरुले जवाफी बहस सकेसँगै सरकारी वकिल कार्यालयबाट २ जनाले जवाफी बहस गरेका हुन् ।
उनीहरुको बहस सकिएसँगै अब जाहेरीकर्ताको तर्फबाट जवाफी बहस सुरु भएको छ । सो बहस सकिएपछि थुनछेकको आदेश हुनेछ ।
माघ २, २०८१ ०३:१९ मा प्रकाशित